बेलबारीमा प्रथम तरुण गोल्डकप हुर्दै, बिजेताले २ लाख पाउने - SportsNepal07

बेलबारीमा प्रथम तरुण गोल्डकप हुर्दै, बिजेताले २ लाख पाउने

दौ १७ गते, बेलबारी । नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा भदौ २१ गतेदेखि असोज ५ गतेसम्म तरुण गोल्डकप आयोजना हुने भएको छ ।

बेलबारी १० स्थित भाउन्नेको प्रस्तावित डाँगिहाट रंगशालामा तरुण गोल्डकप आयोजना हुने भएको हो ।
नेपालमै पहिलोपटक तरुण दलको आयोजनामा हुर्दैछ । ‘तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धता’ भन्ने मुल नारा सहित हुन लागेको गोल्डकपले युवाहरुको एकता मात्र नभएर खेलकुद क्षेत्रको समग्र विकासका लागि कोशेढुङ्गा सावित हुने आयोजकले बताएका छन् ।

प्रतियोगितामा विजेता टिमलाई २ लाख १ हजार नगद र उपविजेता टिमलाई १ लाख १ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका २६ वटा टिमहरु सहभागी हुनेछन् । कार्यक्रममा खेल संयोजक युबेन गुरुङ र तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.