साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ४–० ले पराजित - SportsNepal07

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ४–० ले पराजित

भदौ ३० गते, काठमाण्डौ । नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ ।

गएराति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४–० गोलले पराजित भयो । समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो । भारतका लागि बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक÷एक गोल गरे ।

३९औँ मिनेटमा भारतीय खेलाडीलाई लडाएको भन्दै नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।

प्रतिक्रिया:

सम्बन्धित खवर