क्रिकेट प्रिमियर लिग : किर्तिपुर सातबाघ र क्लासिक ११ हसन्दह बिजयी - SportsNepal07

क्रिकेट प्रिमियर लिग : किर्तिपुर सातबाघ र क्लासिक ११ हसन्दह बिजयी

असोज २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिताको भोली शुक्रबार पहिलो चरणको खेल समाप्त हुँदैछ ।

शुक्रबार भएको ग्रुप(ए)को समूह चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टील टाइगर्सलाई ४ विकेटले किर्तिपुर सातबाघ विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको बिरेन्द्रनगर स्टील टाइगर्सले १८ ओभर ३ बलमा अल आउटहुँदै ९५ रन जोडेको थियो । किर्तिपुर सातबाघले १८ ओभर १ बलमा टार्गेट पुरा गर्दै बिजयी प्राप्त गरेको थियो ।

पहिलो खेलको म्यान अफ द म्याच बिजेता किर्तिपुर सातबाघको केलिन राई घोषित भए । उनले आफ्नो टिमलाई ३८ रन १ विकेटको योगदान गरेका थिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्ध युनाइटेडले क्लासिक ११ हसन्दहलाई ८ विकेटको क्षतिमा १२१ रनको टार्गेट दिएको थियो । क्लासिक ११ हसन्दहले ७ विकेटको क्षतिमा १९ ओभरमा टार्गेट पुरा गरेको थियो ।

दोस्रो खेलको म्यान आफ द म्याच बिजेता क्लसिक ११ को खेलाडि सोलेमन राई घोषित भए । राईले आफ्नो टिमको लागि ५० रनको योगदान दिएका थिए । म्यान आफ द म्याच नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा समूह चरणको अन्तिम खेल भोली शुत्रबार हिसाब किताब ट्राईडेन्ट र रोयल किङ्सवीच प्रतिष्पर्धा हुने अयोजक समितिको कोषाध्यक्ष पुकार राईले बताए ।

पहिलो चरण खेलको स्कोर
पहिलो चरणको खेल सकिदा ग्रुप(ए)मा रहेको किर्तिपुर सातबाघ, क्लासिक ११ हसन्दह, बुद्ध युनाइटेडले समान ४–४ अंक प्राप्त गरेको छ भने बिरेन्द्रनगर स्टील टाइगर्सले हालसम्म अंक प्राप्त गर्न सकेको छैन ।

समूह (बी) मा रहेको हिसाब किताब ट्राईडेन्ट, रोयल किङ्सले समान ४, मंगलबारे लिजेन्डले २ अंक प्राप्त गरेको छ भने आइतबारे अस्त्रको हालसम्म अंक प्राप्त नगरेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर