उरुग्वेलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा पुग्यो - SportsNepal07

उरुग्वेलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा पुग्यो

फिफा विश्वकप २०२२ मा पोर्चुगल अन्तिम १६ मा पुगेको छ । समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो ।

यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो । उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत उनले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।

जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे । यसअघि पहिलो खेलमा घानालाई हराएको शीर्ष स्थानको पोर्चुगलले समूहमा ६ अंक जोड्यो ।

दोस्रो स्थानको घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाले १–१ अंक जोडेका छन् ।

अब अन्तिम चरणमा पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वेबीच खेल हुनेछ । पोर्चुगलबाहेक बाँकी तीन टिमलाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ ।

लुसेल रंगशालामा भएको खेलमा पोर्चुगलले हाबी भएको खेलमा पछि परेको उरुग्वेले अन्तिम १६ मा छनोटको लागि आफ्नो अन्तिम समूह एच खेलमा घानालाई हराउनुपर्छ ।

लाडी म्याक्सी गोमेजले पोस्टमा प्रहार गरेका थिए । दोस्रो हाफमा इन्द्रेणी झण्डा बोकेका र अगाडि ‘सेभ युक्रेन’ र पछाडि ‘इरानी महिलाको सम्मान’ लेखिएको टिसर्ट लगाएका मानिसका कारण केही बेर खेल अवरुद्ध भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर