कोस्टारिकालाई हराए पनि पूर्व विश्वविजेता जर्मनी बाहिरियो - SportsNepal07

कोस्टारिकालाई हराए पनि पूर्व विश्वविजेता जर्मनी बाहिरियो

पूर्व विश्वविजेता जर्मनी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि जर्मनी गोलअन्तरमा स्पेनसँग पछि पार्दै बाहिरियो ।

समूहमा शीर्ष स्थानको जापानले ६ अंक जोड्दा स्पेन र जर्मनीले चार चार अंक जोडे । जर्मनी बाहिरिनुको मुख्य कारण जापानले जित बन्यो ।

जापानले अन्तिम १६ मा स्थान बनाउने क्रममा समूहमा पूर्वविश्वविजेताद्वय स्पेन र जर्मनीलाई हरायो ।

समूहमा जापानले ६ अंक जोड्न सफल भयो । यसअघि जापानले समूहमा जर्मनीलाई पनि हराएको थियो । कोस्टारिकासँग भने जापान पराजित भएको थियो ।

पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो । पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराएकाले स्पेन गोलअन्तरमा चार गोलले अघि रह्यो ।

चार अंक जोडेको स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पा¥यो । अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि चार अंक नै जोडेको जर्मनी भने स्पेनसँग गोलअन्तरमा पछि पार्दै बाहिरियो ।

पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो ।

अन्तिम खेलमा कोस्टारिकालाई हराए पनि जर्मनीलाई अन्तिम १६ मा पुग्न पर्याप्त हुन सकेन ।

प्रतिक्रिया:

सम्बन्धित खवर