इंग्ल्यान्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार अन्तिम १६ को खेलमा सेनेगलमाथि ३–० गोलको जित निकाल्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डले पहिलो हाफमै दुई गोल गर्न सफल भएको थियो । उसका लागि जोर्डन हेन्डर्सनले खेलको ३८ मिनेटमा पहिलो गोल गरेका थिए। उनले बेलिङघमको पासमा गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पा¥यो। यसपटक ह्यारी केनले गोल गरे। फिल फोडेनले उपलब्ध गराएको पासमा केन सफल भएका थए ।
५७ मिनेटमा बुकायो साकाले इंग्ल्यान्डका लागि तेस्रो गोल गरे। साकालाई पनि फोडेनले नै पास दिएका थिए ।
अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्यान्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो ।
इंग्ल्यान्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ ।