माघ ९ गते, विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करण औपचारिक उद्घाटन मंगलबारदेखि सुरु हुने भए पनि फुटबल खेलहरु सोमबारदेखि शुरु भएको छ ।
सोमबार भएको खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड कलेज विजयी भएको छ । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन चौधरीले ह्याट्रिकसहित ३ गोल, प्रशिल कार्कीले २ गोल र निश्चल थारुले १ गोल गरे ।
दोस्रो खेलमा कोशी क्याम्सवले सगरमाथा कलेजलाई ३–१ को गोल अन्तरले पराजिथ गरेको छ । कोशीका म्यान अफ द म्याच विरबहादुर लिम्बु, प्रदिप तामाङ र गौरभ धिमालले १–१ गोल गरे भने सगरमाथाका आयुस तामाङले गोल फर्काए ।
तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० क गोल अन्तरले पराजित गरेको छ । अर्किडका जुनियर सावाले १ गोल गरे भने अर्को गोल मेरिल्याण्डको निशानत राँयले आत्माघाती गोल गरे । खेलको म्यान अफ द म्याच अर्किडका जुनियर सावा घोषित भए ।
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोट्र्स मिट गर्न लागेको आयोजकले बताए ।
यस स्पोट्र्स मीटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र÷छात्रा), टेबलटेनिस सिंगल र डब्लस (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।