भलिबल प्रतियोगितामा युरोपियन खेलकुद संघले सहभागिता जनाउने - SportsNepal07

भलिबल प्रतियोगितामा युरोपियन खेलकुद संघले सहभागिता जनाउने

चैत्र ८ गते, अष्ट्रिया । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले डेनमार्कमा हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

प्रवासी नेपाली मञ्च डेनमार्कले आगामी जून ४ तारिखमा आयोजना गर्ने प्रतियोगितामा एनईसएसीले सहभागिता जनाउने भएको हो । ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले यसअघि फिनल्याण्डमा भएको प्रतियोगितामा समेत सहभागिता जनाइसकेको छ ।

डेनमार्कमा हुने प्रतियोगिताका लागि खेलाडीको समेत टुंगो लागिसकेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार प्रतियोगितामा अनजल अधिकारीको कप्तानीमा खेम विश्वकर्मा, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, पासङ नगिमा शेर्पा, अमृत तिवारी, गणेश थापा, राजु विश्वकर्मा, किरण भण्डारी, रावत विजय पल, डा. किशोर कमल र सुनिल सुनारले सहभागिता जनाउनेछन् ।

अध्यक्ष घमालको नेतृत्वमा जाने टोलीको टिम म्यानेजरका रुपमा पासङ नगिमा शेर्पा रहनेछन् । “यस्ता प्रतियोगिताले विदेशमा बसोबास गर्ने नेपालीहरूबीच आपसी भाइचाराको वृद्धि हुन्छ,” अध्यक्ष घमालले भने, “हाम्रो संघको मूल स्लोगमन नै स्वास्थ्यका लागि खेलकुद भन्ने छ । यसका साथै खेलकुदमार्फत भाइचारा बढाउन सक्छौं ।” सन् २०२० मा स्थापित संघले भलिबल खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यसैबीच, प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट नेपालीहरुको सहभागिता रहने आयोजक प्रवासी नेपाली मञ्च डेनमार्कका अध्यक्ष नरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबै किसिमको तयारी भइरहेको बस्नेतको भनाइ छ ।

विभिन्न देशमा स्थापित क्लब र संघबाट नाम दर्ता सुरु भइसकेको नेपाल भलिबल एसोसिएसन समन्वय समिति डेनमार्कका अध्यक्ष उमेश नेउपानेले बताए । प्रतियोगिताको विजेताले २ हजार ५ सय युरो र उपविजेताले १ हजार युरोसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.