पथरीमा चौथो संस्करणको क्रिकेट प्रिमियर लिग हुर्दै - SportsNepal07

पथरीमा चौथो संस्करणको क्रिकेट प्रिमियर लिग हुर्दै

भदौ ३, पथरी । मोरङको पथरीमा पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथो संरकरण हुने भएको छ । स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करण हुन लागेको हो ।

आगामी कात्र्तिकमा क्रिकेट लिगको चौथो संस्करणका प्रतियोगिता आयोजना हुने आयोजक पिएस पिएल समितिले दिएको जनाएको छ ।

नगरपालिकामा तीन संस्करणको लिग आयोजना भइसकेको छ । यो संस्करणमा ७ क्लवले प्रतिष्पर्धा गर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । नियमित प्रतिष्पर्धा गर्दै आएका मंगलबारे लिजेण्ड र हिसाब किताब टाइडेन्सले यस संस्करणमा सहभागी नहुने जानकारी दिएपछि नयाँ टोलीका रुपमा गार्खा जिलेण्डले चौथो संस्करणमा सहभागी जनाउन लागेको हो ।

पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउँदै आएको प्रतियोगिताको चौथो संस्करणबाट कोशी प्रदेशका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ ।

यस पटक अगाडिका प्रतियोगितामा जस्तै अक्सन गरिने र अक्सनबाट क्लबले खेलाडी खरिद गर्ने छन् । भाद्र २२ सम्म खेलाडी दर्ताको लागि समय सिमा निर्धारण गरिएको र त्यसको केही दिनमा अक्सन गरिनेछ ।

यस पटक प्रत्येक क्लबले २ जना मात्रै खेलाडी ‘रिर्टन’ गर्न पाउने र अन्य खेलाडी अक्सन मार्फत् खरिद गर्न पाउने छन् । एक टिमले अक्सनमा कम्तीमा १४ खेलाडी खरिद गर्न सक्ने आयोजकका सचिव राकेश राईले जानकारी गराए ।

पहिलो संस्करणको विजेता रोयल किङ्स, दोस्रो र तेस्रो संस्करणको विजेता सात वाघसँगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

पथरीको जाँते मोडमा रहेको पथरी रंगशाला र जिरिखिम्ती मैदानमा प्रतियोगीताका खेलहरु हुनेछन् । आयोजकका अनुसार यस पटकको प्रतियोगीतामा सहभागी जनाउन विगतका वर्ष भन्दा धेरैले फारम भरिसकेका छन् ।https://www.youtube.com/watch?v=JcvpmLmGFmM&t=2s

प्रतिक्रिया:

सम्बन्धित खवर