भदौ ३, एजेन्सी । २२ खेलाडीले पेनाल्टी हानेपछि अन्ततः मेस्सी कप्तानीको इन्टर मायमी बन्यो लिग्स कप लिग्स कप २०२३ को उपाधी अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले जितेको छ ।
अत्यन्त रोमान्चक बनेको फाइनल खेलको निर्धारित समयमा १–१ को बराबरीमा गोल हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । तर पहिलो ५ खेलाडीले ट्राइब्रेकर हानेपनि पुनः बराबरी भएपछि सडन डेथबाट खेलको छिनोफानो भएको थियो । जसमा इन्टर मायमी १०–९ गोलले विजयी भयो ।
सुरूको टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो ।
त्यसपछि सबै खेलाडीले गोल गर्दै गए । ११ औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका गोल रक्षक क्यालेन्डरले गोल गर्दा गोलकिपर इलियट पिकाउटको प्रयासलाई रोकेका थिए । र सोही प्रहार रोक्दा मायमीको जित सम्भव भएको थियो ।
त्यसअघि खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई अग्रता दिलाएका थिए । तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।
मेस्सीले कप्तानी गरेको इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो ।