
असोज ७, पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट ७ क्लबले खेलाडी अनुवन्धन गरेको छ ।
पथरी रंगशालामा कार्तिक १० देखि कात्तिक २३ गते सम्म हुने क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सन मार्फत सात वटै टिमले १ सय ३ जना खेलाडी अनुबन्ध गरेको हो । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्दैछन् ।
तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाएको आयोजकले जनाए । यस चौथो संस्करणबाट प्रत्येक टिमले नगर बाहिरका ४ खेलाडीलाई अनुबन्धन गर्न पाउने नियम सुरु गरेको छ भने २ खेलाडीलाई प्लेइङ एलाभेनमा सहभागी गराउन सक्नेछ ।
फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका फिर्दाेस अन्सारी यस सिजनको महगो खेलाडीका रुपमा छानिएका छन् । ७ वटै टिमको नजरमा रहेका फिर्दाेसलाई तेस्रो संस्करणको विजेता टिम सातबाघले डाँक बडाबडको माध्यमबाट १४ हजार रुपैयामा भित्राए । अक्सनको सुचीमा रहेका २ सय ३१ खेलाडी मध्ये दोश्रो महगो खेलाडी सुरज न्यौपाने बनेका छन् । न्यौपानेलाई विरेन्द्र नगर स्टिल टाइगरले १२ हजार रुपैयामा भित्रायो ।

आइतबारे अस्त्रले मोहमद निसारलाई ८ हजार, रोयल किङ्गले रोर्वट राईलाई ७ हजार, क्लासिक एलाभेन हसन्दहले बुद्ध आले मगरलाई ५ हजार ४ सय, बुद्ध युनाइटेडले भुपेन राईलाई ६ हजारमा अनुबन्धित ग¥यो । बुद्ध युनाइटेडले दिपेश कँडेललाई ४ हजार २ सय र नव प्रवेशी गोर्खाले सोलोमन राईलाई ७ हजार ८ सय रुपैयाँमा अनुबन्धित ग¥यो ।
लिगका लागि रोयल किङ्ग र आइतवारेले १६–१६ जना खेलाडी अनुवन्धन गर्दा सातबाघले १५ जना र बुद्ध युनाइटेड, विरेन्द्रनगर, हसहन्द र गोर्खाले समान १४ खेलाडी छान्नेका थिए ।
पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न सुरू गरिएको लिगको यो चौथो संस्करण हो । यस अघिका संस्करणमा नगर भित्रका खेलाडी मात्र सहभागी हुदै आएकोमा यस पटकबाट नगरबाहिरका समेत सहभागी गराइएको छ ।
अघिल्ला तिन संस्करणमा पहिलो रोयल किङ्स र दोस्रो र तेश्रो सातबाघले उपाधि जित्न सफल भएका थिए । पथरी रंगशालामा हुने प्रतियोगीताको ट्रफि समेत शनिबार प्रर्दशन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरका प्रमुख मोहन तुम्वापोले पथरी रंगशालामा हुने प्रतियोगिताको ट्रफि समेत शनिबार अक्सन कार्यक्रममा प्रर्दशन गरिएको थियो ।
नगर प्रमुख मोहन तुम्बापोले छुट्टै क्रिकेट मैदान व्यवस्थापन गर्ने बताएका छन् । नगरमा क्रिकेट मैदान नभएको कारण फुटबल ग्राउण्डमै चौथो संस्करणसम्म हुँदै आएको छ । क्रिकेट गराउदा फुटबल मैदानमा बिग्रिने भएपनि सोही ग्राउण्डमा गराउन बाध्यता रहेको छ । सोही कारण पथरीशनिश्चरे १० नं. वडामा रहेको २ वटा मैदान मध्ये एउटालाई क्रिकेटकै लागि बनाउन जनप्रतिनिधिहरु वीच छलफल भइरहेको प्रमुख तुम्बापोले बताए । प्रिमियर क्रिकेट लिगको शुभकामना दिदै प्रमुख तुम्बापोले नगरमा खेलकुदको कार्यविधि बनाएर व्यवस्थित गर्न लागिएको बताए ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, प्रथम ट्रफी प्रायोजन गर्ने रेड स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टीएन तिम्सिना, लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश बाछना राई लगायतको उपस्थिति रहेको थियो ।

खेलाडी छनोट प्रक्रिया :
यस अघि पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग आयोजक समितिले खेल्न चाहनेहरुको लागि आवेदन आव्हान गरेको थियो । जस्मा ए, बी र सी गरी तीन वर्गमा खेलाडी छुट्याई आवेदन खुल्ला गरिएको थियो । ए वर्गमा ५१, बी वर्गमा ३२ र सी वर्गमा १४८ जना गरी जम्मा २३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नको लागि आफुलाई बिक्रीमा राखेका थिए ।
खेलाडीहरुको पर्फमेन्स र खेल बायग्राफीको आधारमा ए वर्गका लागि बेस प्राइज (न्युनतम) ३ हजार, बी वर्गको लागि २ हजार र सी वर्गका लागि १ हजार आधारभूत मूल्य राखिएको आयोजक समितिको अध्यक्ष बिरोग मगरले बताए । क्रिकेट लिग भिड्न आउने हरेक क्लबले खेलाडी अनुवन्धनका लागि ५० हजार ‘वालेट’ राख्नुपर्ने नियम राखेको थियो । एउटा क्लबले कम्तिमा १४ बढीमा १६ खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ ।
प्रतियोगिताको विजेता टिमलाई एक लाख ३१ हजार १११, उपविजेतालाई ७१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता क्रिकेट खेलाडी उत्पादन, खेल क्षेत्रको बिकासको साथै नगरपालिकालाई स्वास्थ्य राख्न आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष विरोज मगरले बताए ।

