
पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट ७ क्लबले खेलाडी अनुवन्धन गरेको छ ।
पथरी रंगशालामा कार्तिक १० देखि कात्तिक २३ गते सम्म हुने क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सन मार्फत सात वटै टिमले १ सय ३ जना खेलाडी अनुबन्ध गरेको हो । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्दैछन् ।








