२६ असोज, बेलबारी । मोरङको बेलबारीमा आइतबारबाट हुने बेलबारी छैठौं अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी पुरा भएको छ ।
गोल्डकपको तयारी बारेमा शुक्रबार डाँगीहाट फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी तयारीबारे जानकारी गराएको हो । वडा नं. ११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा हुने गोल्डकप असोज २८ गतेदेखि सुरु भएर कार्तिक ४ गते समापन हुने गाँडीहाट फुटबल क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जनाए ।
दैनिक ६ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा ४ हजार क्षमता भएको बासको प्याराफिट, रंगरोकन, खेलमैदान मिलाउने, पोष्टर टास्ने सम्पूर्ण काम सम्पन्न भएको निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा आयोजकले जनाएका थिए । खेलको सुरुमा रु ५० रुपैयाको टिकट र सेमीफाइनलदेखि १ सय र २ सयको टिकटको व्यवस्था रहेको पनि बताए ।
बेलबारी नगरको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको गोल्डकप हो । खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिमले खेलमा सहभागी हुने पक्का भएको छ ।
प्रतियोगितामा विजेताले नगद ८ लाख, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५ लाख, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद ५ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित रू ६२ लाख ९० हजार खर्च लाग्ने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न बेलबारी नगरपालिका मुख्य सहयोगी नगद १० लाख, आरजु राईस मिल मुख्य प्रायोजक नगद ८ लाख दिने निर्णय भएको जनाए । त्यस्तै सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियर लगायत स्थानीय संघसंसस्था, सामुदायिक वन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरूबाट रकम सहयोग हुने गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र वस्नेतले बताए ।