बेलबारी गोल्डकपको उद्घाटन खेलमा आयोजक बिजयी - SportsNepal07

बेलबारी गोल्डकपको उद्घाटन खेलमा आयोजक बिजयी

२८ असोज, बेलबारी । बेलबारी अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले एक भब्य समारोहका बीच उदघाटन गरेका छन ।

आइतबार भएको प्रतिगोगितामा बेलबारीको शान भएको र मोफसलकै सर्बाधिक चर्चामा रहेको कारण यो प्रतियोगितालाई नगरले समेत गौरवका रुपमा हेरेको मेयर राईले बताए । भोजपुर जिल्ला फुटबल संघ र आयोजक डाँगीहाट फुटबल क्लब बिच भएको खेलमा शुन्यका बिरुद्ध एक गोल गर्दै आयोजक बिजयी भएको छ ।

खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिमले खेलमा सहभागी हुने पक्का भएको छ ।

प्रतियोगितामा विजेताले नगद ८ लाख, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५ लाख, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद ५ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित रू ६२ लाख ९० हजार खर्च लाग्ने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ । उदघाटन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बिक्रम बान्तवा राइृको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.