पथरीमा प्रिमियर लिग क्रीकेट सुरु, उद्घाटनमा रोयल किङ बिजयी - SportsNepal07

पथरीमा प्रिमियर लिग क्रीकेट सुरु, उद्घाटनमा रोयल किङ बिजयी

१० कात्र्तिक, पथरी । पथरी शनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुक्रबारबाट सुरु भएको छ । उदघाटन खेलमा साबिक बिजेता सात बाघ माथी रोयल किङसंग ३४ रनको पराजित भएको छ।

टस हारेर ब्याटिङमा उत्रीएको रोयल किङले २० ओभरमा ८ बिकेट गुमाएर १३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागी फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।

१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो ।

सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो रन जोडन सकेन्न ।

रोयलका शिवन यादब, राज बस्नेत, दिवस राजबंशी र सुवास भण्डारीले समान २–२ बिकेट लिए ।

खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए ।

पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले प्रतियोगिताको उदघाटन गरेका थिए । नगरका ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिता कार्तिक २५ सम्म सन्चालन हुने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर