प्रिमियर लिग क्रिकेटः आइबारेको पहिलो जित, बिरेन्द्रनगरको लगातार हार - SportsNepal07

प्रिमियर लिग क्रिकेटः आइबारेको पहिलो जित, बिरेन्द्रनगरको लगातार हार

१३ कात्र्तिक, पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेट प्रतियोगिताको आइतबारको खेलमा आइतबारे अस्त्रले बिरेन्द्रनगर स्टिल टाइगर माथी फराकिलो जित दर्ता गरेको छ ।

आइतबारेले ८३ रनको फराकिलो जित दर्ता गर्दा बिरेन्द्रनगर दोश्रो हार ब्योहोर्न पुग्यो । टस जितेर ब्याटिङ गर्न मैदान छिरेको आइतबारेले २० ओभरमा ८ बिकेट गुमाएर २११ रन बनायो ।

उसका दुई खेलाडिले अर्धसतकिय पारी खेले । ओपनिङका रुपमा मैदान छिरेका नित्य खडोलियाले ५८ रन बनाए । खडोलियाले ७ छक्का र ३ चौका प्रहार गरे । अमित प्याक्रा ४४ रन बनाएर सुदिप चौधारीको बलमा बोल्ड भए ।

आइतबारेका मोहम्मद निसारले समान ५८ रन बनाए । ३ छ्क्का प्रहार गरेका आदर्श कार्की १८ रन बनाउदा नेल्सन दंगालको बलमा कृष्ण थापाको हातमा क्याच आउट भए । बिरेन्द्र नगरका सुदिप चौधरीले ३ साइमन दुलालले २ तथा रेवत थक्सु र नेल्सन दंगालले समान १–१ बिकेट हात पारे । २१२ रनको लक्ष्य पाएर मैदान छिरेको बिरेन्द्रनगर २० ओभरमा ६ बिकेट गुमाएर १२८ रन जोडन सक्यो ।

बिरेन्द्रनगरका सागर कटुवालले ३३ रन बनाए भने आकाश खत्रीले ३८ रन र पवन फुयलले २१ बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो रनको योगफल बनाउन सकेन्न । आइतबारेका लागि मोहम्मद निशार र अभिषेक बिकले समान २–२ बिकेट लिदा सुरज खडका र दिपेश भण्डारीले समान १–१ बिकेट लिए । खेलको म्यान अफ द म्याच आइतबारेका मोहम्मद निशार घोषित भए ।

प्रतिक्रिया:

सम्बन्धित खवर