४ पुस, पथरी । लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम(उधौली) पुजाको अवसरमा सिरिजंगा स्मृति खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
मोरङको पथरीशनिश्चरे–१० मा रहेको सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा पुस ७ गतेदेखि १० गते सम्म हुने चासोक तङ्नाम(उधौली) पुजाको अवसरमा भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस ७ र ८ गते सम्म हुने प्रचारप्रसार संयोजक मनि लुम्फुवा लिम्बुले बताए ।
मंगलबार पत्रकार सम्मेलन गदै ए र बि पोलबाट खेल्ने समूहको चिट्ठा मार्फत टुङ्गो लगाएका थिए । भलिबलको लागि १० वटा टिम सहभागिता भएका छन् । पोल ए बाट श्री सालबारी युवा क्लब उर्लाबारी र रानी प्रहरी विराटनगर, एभरेष्ट बोडिङ स्कुल पथरी र बेलबारी भलिबल क्लब भिड्ने भएको छ । पोल ए बाट महेन्द्र चोक भलिबल क्लब पथरीशनिश्चरे बाइमा रहेका छन् ।
त्यस्तै पोल बी बाट उर्लाबारी भलिबल क्लब र एपिएफ इटहरी, जाँते बजार भलिबल लेटाङ र अरुणोदय बोडिङ स्कुल
पथरीशनिश्चरे भिड्ने भएको छ । त्यस्तै पोल बी मा बेलबारी भलिबल क्लब बाइमा रहेको छ । खेलको फाइनल १० गते हुने प्रचार संयोजक रोषन मादेम्बा लिम्बुले बताए ।
भलिबल प्रतियोगितामा विजेता टिमले ६० हजार र उपविजेता टिमले ४० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक वनको संयुक्त आयोजनामा चासोक तङ्नाम(उधौली)पर्व हुने भएको छ ।