वाईएफसीलाई नाजरिन वाईसीको ५ गोल - SportsNepal07

वाईएफसीलाई नाजरिन वाईसीको ५ गोल

७ माघ, पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आज भएको दोस्रो दिनको खेलमा नाजरिन वाईसी विजयी भएका छन् ।

खेलमा नाजरिन वाईसीले वाईएफसीलाई ०–५ गोलको अन्तरले पराजित गर्दै नाजरीन विजयी भएको हो ।
खेलमा नाजरिन वाईसीका लागि सलीन तामाङ र डिरिङ राईले २–२ गोल गरे भने गुञ्जाहाङ लिम्बुले १ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच नाजरिन वाईसीका गुञ्जहाङ लिम्बु घोषित भए ।

भोली सोमबारको खेल पुलचोक एफसी र युनिटी स्पोर्ट एफसी बीच खेल हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर