छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फागुन १० देखि हुँर्दै - SportsNepal07

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फागुन १० देखि हुँर्दै

८ माघ, पथरी । मोरङको पथरी शनिश्चरेमा राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्र्थी च्यालेन्ज कप–२०२४ फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ ।

पथरीशनिश्चरे –१० स्थित शरणार्थी शिविरको रंगशालामा आगामी फागुन १० गतेदेखि सो प्रतियोगिता सञ्चालन हुने भएको हो । युवा मैत्री केन्द्र पथरी शनिश्चरे र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने भएको छ ।

प्रतियोगितामा पश्चिम बङ्गाल भारतको कञ्चनजङ्घा फुटबल क्लब, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, बिवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताका विजेताले २ लाख १ हजार, च्यालेन्ज कप र उपविजेताले नगद १ लाख १ हजार रुपियाँ सहित प्रमाण पत्र प्राप्त गर्ने छ । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

फाइनल खेलको दिन प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन । उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरर्वाड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोचलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

डाइमन स्पोन्सर राइजिङ ब्रदर्श एलएलसी अमेरिकामा बस्दै आएका रेन्जु राईले प्रायोजन रहेका छन । यस्तै प्रथम पुरस्कार पूर्व फ्रेण्डस क्लब भुटानका पूर्व अध्यक्ष युवराज साम्पाङ राईले प्रायोजन गरेका हुन ।

शरणार्थी र स्थानीय वासिन्दा बिच सम्वन्ध स्थापना गर्न हरेक वर्ष विभिन्न संघसंस्थाले फुटबल खेलहरुको आयोजना गर्दै आएका छन् । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर