
१२ माघ, विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत आइतबार भएको क्रिकेट खेलमा कान्तिपुर, अरनिको विजयी भएका छन् ।
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई फानलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले अर्किड कलेजलाई ३० रनले पराजित गरि फानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेका थियो । जस्मा निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन बनाए । अर्किडका सवाजुल आलम र यूवराज मगरले समान १–१ विकेट लिए ।
१ सय २३ रनको चुनौती पाएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सिमित भयो । जस्मा साहिल शेखेले २६ रन जोड्दा सम्साद आलम अििवजित २१ रन जोडे । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले ३ विकेट लिँदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६४ रनको योगफल बनाएको थियो । जस्मा नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राँय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।
१ सय ६५रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । जस्मा महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए ।