१२ माघ, विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत कवडीमा मोर्डन एरा, सिद्धार्थ र शिक्षादिप, बास्केट बलमा शिक्षादिप कलेज र विकेभिएम, फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी भएका छन् ।
आइतबार भएको भएको कवडीमा मोडर्न एरा, सिद्धार्थ, र शिक्षादिप विजयी भई सेमिफानलमा प्रवेश गरेको छ । पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिष यादव घोषित भए ।
दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्या भुमी स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिद्धार्थको निराजन मण्डल घोषित भए ।
।
तेस्रो खेलमा शिक्षदिप कलेजले कुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुवासचन्द्र यादव घोषित भए ।
त्यस्तै भएको बास्केट बलमा शिक्षादिप कलेज र विकेभिएम विजयी हुँदै फाइलनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा शिक्षादिपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका कविस केसी घोषित भए ।
दोस्रो खेलमा विकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विकेभिएमका जुडानन्द यादव घोषित भए । त्यैसैगरि आजै टेवल टेनिसको पहिलो चरणको खेलहरु सकिएको छ ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको एक मात्र गोल अर्किडका सागर विश्वकर्माले गर । खेलमा म्यान अफ द म्याच मोडर्न एराका नविन माभफी घोषित भए ।
दोस्रोे खेलमा कान्तिपुर कलेजले नेशनल एकाडमीलाई ५–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच विजय उराँवले २ गोल तथा युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे ।