कालिकोशी फुटबल खेल : मातृभूमी र दमक डाकिनी बिजयी - SportsNepal07

कालिकोशी फुटबल खेल : मातृभूमी र दमक डाकिनी बिजयी

सनम रोक्का
६ असोज, कानेपोखरी । कानेपोखरी–५ स्थित रमाइलो क्याम्पसको मैदानमा जारी दोश्रो नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा मातृभूमी समाज सेवा युवा क्लब र दमक डाकिनी वारियर्स फुटबल क्लबले जित हात पारेको छ ।

कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको आजको पहिलो खेलमा उज्ज्वल भविष्य बाल क्लवलाई १–० गोल अन्तरले हराउँदै मातृभूमी समाज सेवा युवा क्लबले पहिलो जित हात पारेको हो ।

मातृभूमीका लागि खेलको सुरुवातमै टिम क्याप्टेन राज कटुवालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिमबाट गोलको प्रयास भएपनि बलले जाली भने चुमाउन सकेन । मातृभूमिले गरेको पहिलो गोलनै निर्णायक बन्दै पहिलो खेल मातृभूमीले आफ्नो पोल्टोमा पा¥यो । पहिलो खेलबाट मातृभूमीका गोलकर्ता राज कटुवाल म्यान अफ दि म्याच घोषित भए ।

दमक डाकिनी वारियर्सको जित
आजको दोश्रो खेलमा केचना फुटबल क्लबलाई दमक डाकिनी वारियर्स फुटबल क्लबले १ का विरुद्ध २ गोल गर्दै खेल जितेको छ । खेलको ८ औं र १६ औं मिनेटमा कमल धिमालले पहिलो र दोश्रो गोल गरेका थिए भने खेलको २४ औं मिनेटमा केचनाका लागि अमन राईले सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । दोश्रो खेलबाट म्यान अफ दि म्याच गोलकर्ता कमल धिमाल चुनिए ।

मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ । भोली बुधबारको पहिलो खेल हिमाल युनाइटेड विहिबारे र योङब्वाइज फुटबल क्लब बीच हुने भएको छ । त्यस्तै दोस्रो खेल हरकपुर स्पोर्ट क्लब र एमटिसि फुटबल क्लब बीच हुने खेल आयोजक कमिटिले जनाएको छ ।
फोटोहरु : दुर्गेश खतिवडा

प्रतिक्रिया:

सम्बन्धित खवर