नव प्रतिभा फुटबल खेल : तेस्रो दिन रमाइलो र मातृभूमि विजयी - SportsNepal07

नव प्रतिभा फुटबल खेल : तेस्रो दिन रमाइलो र मातृभूमि विजयी

८ कात्र्तिक, हरकपुर । मोरङको कानेपोखरी–३ स्थित तल्लो हरकपुरमा जारी तेस्रो दिनको खेलमा रमाइलो फुटबल क्बल र मातृभूमि समाज सेवा क्लब विजयी भएका छन् ।

विहिबार भएको पहिलो खेल बराबरीमा टुङ्गीएको थियो । निर्धारीत समयमा पूर्वाञ्चल युनाइटेड फुटबल क्लब र रमाइलो फुटबल क्लब विच ३–३ गोलको वराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरले गरेको थियो ।

रमाइलो एफसीका सनम तामाङले एक्लै ३ गोल लगाएका थिए भने पूर्वाञ्चल युनाइटेडका विवेश गुरुङ १ र सुदिप खड्काले २ गोल लगाएका थिए ।

त्यस्तै टाइब्रेकरमा रमाइलो फुटबल क्बलले ४ गोल गर्दै जित निकालेका थिए । त्यस्तै पूर्वाञ्चल युनाइटेडले ३ गोल लगाएका थिए ।

त्यस्तै दोस्रो खेलमा केचना एफसीलाई मातृभूमि समाज सेवा क्लबले १–२ गोलको अन्तरले जित निकालेको हो ।

खेलमा मातृभूमि समाज सेवा क्लबका निश्चल खड्काले १ र शम्भू राईले २ गोल लगाएका थिए । त्यस्तै केचना एफसीका सलिन माझीले सान्तावना १ गोल फर्काएका थिए ।

भोली शुक्रबारको पहिलो खेल बेतना फएसी र हिमाल युनाइटेड एफसी बीच हुने छ भने दोस्रो खेल रंगेली एफसी र र नव प्रतिभा युथ एफसी आयोजक बीच हुने आयोजकले जनाएकोछ ।

वडा नं. ३ को मंगलबारे बजार उत्तरको खेलमैदानमा खेल भैरहेको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागि हुने टिमले इन्ट्री–फि प्रत्येक टिमबाट ५ हजारका दरले आयोजकलाई तिर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतियोगिताको समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट खेलाडी, अनुसाशित खेलाडीले म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने तयारी रहेको क्लबका सचिव सुमन लिम्बुले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर