सनम रोक्का
१० कार्तिक, केरौन । मोरङको कानेपोखरी–५ स्थित रमाइलो क्याम्पसको खेलमैदानमा जारी दोश्रो नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा हिमाल युनाइटेड क्लब र एमटिसी एफसी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नव स्पोर्टिङ क्लब २५ बिगेलाई ३–० गोल अन्तरले पछि पार्दै हिमाल युनाइटेड बिहिवारेले जित हात पारेको हो ।
खेलको ७ औं मिनेटमा अस्मिन राईले गोल गर्दै अग्रता दिलाए । त्यसको ५ मिनेट बित्दा १२ औं मिनेटमा पुनः उदिप लिम्बूले दोश्रो गोल गर्दा खेलको अन्तिम समय ३३ औं मिनेटमा अस्मिन राई तेस्रो गोल गर्दा खेल ३–० मा सकियो ।
२५ बिगेले राम्रो अवसरहरु प्राप्त गरेपनि गोलले जाली भने चुमाउन सकेन । यस खेलबाट म्यान अफ दि म्याच हिमाल युनाइटेडका अस्मिन राई घोषित भए ।
दोश्रो खेलबाट केराबारी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एमटिसी एफसी, विराटनगरले जित निकाल्दै सेमिफाइलनको यात्रा तय गरेको छ । खेलको ३७ औं मिनेट आशिष क्षेत्रीले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए ।
उनले गरेको सो गोलनै निर्णायक बन्दैँ विराटनगरले खेल जित्दा केराबारीले कुनै गोल गर्न सकेन । यस खेलबाट एमटिसीका रोशन माझी म्यान अफ दि म्याच घोषित भए ।
तस्विर : विवेक खतिवडा