सनम रोक्का
१२ कार्तिक, केरौन । मोरङको कानेपोखरी–५ स्थित रमाइलो क्याम्पसको खेलमैदानमा जारी दोश्रो नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि मातृभूमी समाजसेवा युवा क्लब र दम्का बुधे फुटबल क्लब भिड्ने भएको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा मातृभूमी समाजसेवा युवा क्लबले हिमाल युनाइटेड एफसी र दम्का बुधे फुटबल क्लबले एमटिसी एफसी विराटनगरलाई पाखा लगाएपछि उपाधिको लागि बुधबार भिड्ने भएको हो ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मातृभूमी समाजसेवा युवा क्लबले हिमाल युनाइटेड एफसी बिहीवारेलाई १–० गोलको अन्तरले पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो ।
खेलको अन्तिम समय ४७ औं मिनेटमा मातृभूमीका लागि निरज ठटालले राम्रो अवसरको सदुपयोग गर्दै उत्कृष्ट गोल गरे । सोही गोलनै जितका लागि निर्णायक बन्यो । यस खेलबाट म्यान अफ दि म्याच मातृभूमीका निरज ठटाल घोषित भए ।
दोश्रो सेमिफाइनल खेलबाट दम्का बुधे एफसी, चिसाँङले एमटिसी एफसी विराटनगरलाई टाइब्रेकरमा ७ – ६ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दम्का बुधेलाई एमटिसीले दवाबमा राखेको थियो । दवाबमा राखेपनि धेरै प्रहारहरु विफल बन्दा गोल भने हुन सकेन । सोपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । यस खेलबाट दम्का बुधेका करण थापा म्यान अफ दि म्याच घोषित भए ।
तस्विर : विवेक खतिवडा