नव प्रतिभा फुटबल प्रतियोगिताको उपाधि बेतना युनाइटेडले हात पारे - SportsNepal07

नव प्रतिभा फुटबल प्रतियोगिताको उपाधि बेतना युनाइटेडले हात पारे

 

सनम रोक्का

१६ कार्तिक, हरकपुर । मोरङको कानेपोखरी–३ स्थित तल्लो हरकपुरमा सम्पन्न खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधी बेतना युनाइटेड एफसीले जितेको छ ।

नव प्रतिभा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको बुधवार भएको फाइनल खेलमा आयोजक नव प्रतिभा युवा क्लब ’ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै बेतना युनाइटेड बेलवारीले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धा भएपनि दुवै टिमबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो । दोश्रो हाफको १७ औं मिनेटमा बेतनाका बिक्रम धिमालले पहिलो गोल गर्दै आफ्नो टिमका लागि खाता खोले । खेललाई निकै आक्रमक बनाएको बेतनाले दोस्रो हाफको २० औं मिनेटमा बिवेक मगरले गोल थपे । खेलमा २–० को अग्रता सहित बेतना युनाइटेड विजेता बन्यो । यस खेलबाट म्यान अफ दि म्याच बेतनाका रुद्र कार्की घोषित भए ।

विजेता टिमले ५० हजार ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ भने दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र गरेको छ । विजेता र उपविजेता टिमलाई कानेपोखरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, आयोजक क्लबका सचिव सुमन थोक्लेन लिम्बू लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताबाट उत्कृष्ट गोलकिपर नव प्रतिभाका उमेश कर्मकार, हाइ स्कोरर बेतनाका किरण लिम्बू घोषित हुँदै पुरस्कृत भए । त्यस्तै राइजिज प्लेयर नव प्रतिभाका उत्तम लिम्बू, बेस्ट डिफेन्डर बेतनाका सुरेश लिम्बू , बेस्ट मिडफिल्डर नव प्रतिभाका मिङ्सो लिम्बू, प्लेयर अफ दि टुर्नामेन्टबाट बेतना युनाइटेडका आशिष लावती पुरस्कृत भए ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम प्रमुख अतिथि रहेको समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष जयराज लिम्बूले गरेका थिए । मन्तव्यका क्रममा आफ्नो कुरा राख्दै प्रमुख अतिथि इङ्नामले खेलले मानिसको सर्वाङ्गगिण विकास गराउदैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नाम, दाम र पहिचान कमाउने बाटो तर्फ लग्ने कुरा बताइन् । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष गोपाल बहादुर कार्की, समाजसेवी सैलेन्द्र लिम्बू लगायत राजनीतिज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर