पथरीको चासोक तङ्नाममा पुरुष भलिवल प्रतियोगिता हुने - SportsNepal07

पथरीको चासोक तङ्नाममा पुरुष भलिवल प्रतियोगिता हुने

२६ मंसिर, पथरी । चासोक तङ्नाम उधौली पूजाको अवसरमा मोरङको पथरी शनिश्चरे १० स्थित सिरिजंगा धार्मिक स्मृति वनमा मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी खेल हुने बारेमा जानकारी गराएका थिए । प्रतियोगितामा ८ वटा टिमले सहभागि जनाएकाे छ। प्रतियोगिताको लागि विर्तामोड भलिबल टिम, बेलबारी भलिबल टिम, विरानगर रानी, साकेला गाउँपालिका खोटाङ, एम एस मोरङ, उर्लाबारी भलिबल टिम, सयपत्रि क्लब बेलबारी र अरुणदय इङ्लिस बोडिङ स्कुल खेल्ने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार र दोस्रो हुनेलाई ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताए ।

किरात याक्थुङ थुम्लुङ नगरशाखा पथरीशनिश्चरेको आयोजना र सिरिजंगा धार्मिक स्मृति वन समितिको सहआयोजनामा चासोक तङ्नाम उधौली पूजा हुन लागेको हो ।

मंसिर २९ गतेदेखि पुस २ गते सम्म हुने चासोक तङ्नाम उधौली पूजामा लिम्बू जातिको ऐतिहासिक साँस्कृतिक केलाङ, माङ्लाङ, येवालाङ, याराक्मा, हाक्पारे, ख्याली कार्यक्रमहरु खेलाइने किरात याक्थुङ थुम्लुङ नगरशाखा पथरीशनिश्चरेका अध्यक्ष प्रेमबहादुर पङ्याङगु लिम्बूले पत्रकार सम्मलेनमा बताए । कार्यक्रमको प्रमुख अतिथि क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा रहेने आयोजकले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर