दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु - SportsNepal07

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु

२० वैशाख, पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु भएको छ । खेलकुद महोत्सवको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले शनिबार उद्घाटन गरेका छन् ।

पथरी शनिश्चरे वडा नं. १ स्थित पथरी रंगशालामा सुरु भएको प्रतियोगिताको अध्यक्षता आयोजक नगर खेलकुद विकास समिति पथरी शनिश्चरेका अध्यक्ष दीपक राईको रहेको थियो ।

यसैगरी उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा अध्यक्षहरु भीम राई, नैना राई, बिजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, नविन कार्की, शिक्षा शाखा प्रमुख एवं नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलाल, कार्यपालिका सदस्यहरु, सामाजिक व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.