पथरी शनिश्चरे खेल महोत्सव : उद्घाटन खेलमा नाजारिन एफसी विजयी - SportsNepal07

पथरी शनिश्चरे खेल महोत्सव : उद्घाटन खेलमा नाजारिन एफसी विजयी

२० वैशाख, पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु भएको छ । उद्घाटन खेलमा नाजारिन एफसी विजयी भएको छ ।

नाजारिनले न्यू स्टार एफसीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । दुवै टिमबाट निर्धारित समयमा गोल नभएपछि खेलको नजिता टाइब्रेकरबाट गरिएको थियो ।

खेलको म्यान अफ द म्याच नाजिरिन एफसीका गोलकिपर बादल लिम्बु घोषित भए । भोलि आइतबारको फुटबल खेल विशाल वाई एफसी र सुनौलो कल्याण एफसी हुनेछ ।

नगर खेलकुद महोत्सव अन्तर्गत भोलि क्रिकेट प्रतियोगिता सुरु हुनेछ । जसअन्तर्गत टिम बक्राहा विरुद्ध टिम सेल्फी बीच विहान ९ बजे र टिम झुल्के विरुद्ध टिम डाँस मोरङ्गी बिच दिउँसो १ बजे खेल हुने आयोजकले जनाएकोछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.