दोस्रो पथरी शनिश्चरे नगर फुटबल खेलमा पुल्चौक विजयी - SportsNepal07

दोस्रो पथरी शनिश्चरे नगर फुटबल खेलमा पुल्चौक विजयी

२३ वैशाख, पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आज भएको फुटबल खेलमा पुल्चौक फुटबल क्लब विजयी भएको छ ।

पुलचौकले एच राइजीङ स्टारलाई ४–२ को अन्तरले हराएको हो । खेलमा अग्रता भने एच राइजिङ स्टारले लिएको थियो । राईजिङका नितेश राईले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पुल्चौकका गोल रक्षक क्रिष धिमालको गल्तीको फाइदा उठाउँदै उनले सहज गोल गरेका थिए ।

यसैगरी १४ औं, २६ औं र ५६ औं मिनेटमा उमेश मगरले तीन गोल गर्दै ह्याट्रिक गरे । प्रतियोगिता अन्तर्गत मगरको ह्याट्रिक पहिलो हो । अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै उनले टिमको जित सुनिश्चित गरे ।

लेखराज कार्कीले पुल्चोकका लागि थप एक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । निर्धारित समयपछि इन्जुरी समयमा नितेश राईले दोस्रो गोल गर्दै राइजिङका लागि अन्तर घटाए पनि टिम खेलमा फर्कन सकेन । उत्कृष्ट प्रदर्शनका आधारमा पुल्चोकका ह्याट्रिकर्ता उमेश मगर म्यान अफ द म्याच घोषित भए । भोलि बुधबारको खेल सिरिजंघा एफसी र प्रभात सामुदायिक क्लब बीच हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.