२६ वैशाख, पथरी । पथरी शनिश्चरे नगरपालिकामा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा पुलचौ एफसीलाई हराँउदै देवीगञ्ज एफसीले शानदार जित हासिल गरेको छ ।
विहिबार भएको प्रतियोगितामा पुलचौक एफसीलाई देवीगञ्ज एफसी ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफको २४ औं मिनेटमा देवीगञ्ज एफसीका खेलाडी राजन धिमालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । दोस्रो हाफको ४१ र ६५ औं मिनेटमा मिक्सन दासले २ गोल गर्दै आफ्नो टिमलाई ३–० अन्तरमा पु¥याएका थिए ।
त्यसैगरी, सोही टीमबाटै ४५ औं मिनेटमा भिषन राई र ५६ औं मिनेटमा सन्तोष न्यौपानेले १÷१ गोल गर्दै आफ्नो टिमलाई ५–० गोलले शानदार जित दिलाए । पुलचौक एफसीका लागि रेहमन आचार्यले खेलको ७० औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
खेलमा म्यान अफ द म्याच देवीगञ्जका खेलाडी बसन लिम्बु घोषित भए । पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा नगर स्तरीय फुटबल प्रतियोगिता भइरहेको