दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन र अंकितालाई - SportsNepal07

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन र अंकितालाई

३० वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरले आयोजना गरेको दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता पनि सम्पन्न गरेको छ ।

सोमबार भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि पुरुष तर्फ भिषन राई र महिलातर्फ अंकिता राईले उपाधि चुमेको छ ।
भिषनले १० किलोमिटर दुरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए भने महिलातर्फकी धाविक अंकिता राईले १० किलोमिटर ३८ मिनेट १६ सेकेन्डमा पार गरेरका थिए ।

पुरुषतर्फ सोनुप राई द्वितीय, आशिष मण्डल त्रितीय र प्रशान्त पौडेल सान्तवना भए । राईले २७ मिनेट २० सेकेन्ड, मण्डलले २७ मिनेट ३७ सेकेन्ड र पौडेलले २७ मिनेट ५६ मिनेटमा दुरी पार गरे ।

यसैगरी महिलातर्फ स्मारिका गौतम दोस्रो, सुविस्म लिम्बु तेस्रो, मनिका माझी सान्तवना भए । गौतमले ४१ मिनेट २८ सेकेन्ड, लिम्बुले ४२ मिनेट ३ सेकेन्ड र माझीले ४२ मिनेट ५० सेकेन्डमा दूरी पार गरे ।

पथरी शनिश्चरे वडा नं. ८ को मंगलबारे बजारबाट किर्तिपर हुँदै सुन्दरीचौक सम्म गराइएको दौड प्रतियोगितामा सबै सानो उमेर १२ का चोलुङ सेर्माले पनि दौड पूरा गरेका थिए । विजेता, उप–विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर