पथरी शनिश्चरे नगर खेलकुद महोत्सव : भारोत्तोलनमा सन्देश राई - SportsNepal07

पथरी शनिश्चरे नगर खेलकुद महोत्सव : भारोत्तोलनमा सन्देश राई

३० वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरले आयोजना गरेको दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भारोत्तोलन प्रतियोगितामा सन्देश राई प्रथम भएका छन् ।

सोमबार पथरी शनिश्चरे १ को रंगशालामा सम्पन्न प्रतियोगितामा ५० केजी तौल समूहका सन्देश, दोस्रो विक्रम माझी र तेस्रो कृष्ण श्रेष्ठ भएका थिए ।

त्यस्तै ६० केजी तौल समूहमा जीवन राई प्रथम, विशाल दियाली दोस्रो, प्रशान्त प्रधान तेस्रो भए । यस्तैगरी ७० केजी तौल समूहमा जितन राई प्रथम, लोकबहादुर तामाङ दोस्रो, आशिष लिङ्थे तेस्रो भए भने ८० केजी तौल समूहमा विशाल वर्देवा प्रथम, कृष्ण थापा दोस्रो र अशोक राई तेस्रो भए ।

चारै तौल समूहका विजेताहरुलाई खेलकुद महोत्सवको समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकका सदस्य सचिव नविन खुलालले जनाए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.