३० वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरले आयोजना गरेको दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि पथरी ११ ले जितेको छ ।
सोमबार भएको महिला फुटबल प्रतियोगितामा न्यू स्टार एफ.सी. किर्तिपुरलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधि पथरी ११ एफ.सीले जितेको हो ।
खेलको पहिलो हाफको २० मिनेटमा पथरी एफ.सी.का मनिशा लम्जेलले सुन्दर गोल गरिन । सोही गोल नै पथरी ११ का लागि जितको पर्याप्त बन्यो । खेलमा म्यान अफ दि म्याच पथरी ११ की केरेन लिम्बु घोषित भइन ।