११ जेठ, जिरीखिम्ती । मोरङको पथरी शनिश्चरे–१० स्थित जिरीखिम्तीमा सुरु भएको प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डाँस मोरङी क्रिकेट क्लबले जित हासिल गरेको छ ।
कन्चनजंघा दैबिक प्रकोप ब्याबस्थापन समितिको आयोजनामा सुरु भएको उद्घाटन खेलमा डाँसले स्टन बुलेट क्रिकेट क्लब दुहबीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
शनिबार भएको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको स्टन बुलेटले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत ग¥यो । बुलेटका लागि लोकेश पौद्धारले २६, अमृत शर्माले २२ र सूर्य रौनियारले १२ रन बनाए ।
बलिङतर्फ डाँसका मोहम्मद उमर सानीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने रबिन मण्डलले १ विकेट हात पारे ।
जवाफी ब्याटिङमा डाँस मोरङीले ११ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । टोलीका लागि रबिन मण्डलले ३१, दिपेश सुवेदीले २६ र उमर सानीले १६ रन बनाए । स्टन बुलेटका लागि लोकेश पौद्धार, मनिष न्यौपाने र सौर्य रौनियारले समान १–१ विकेट लिए । म्यान अफ द म्याच डाँसका उमर सानी घोषित भए ।
दोश्रो खेलमा काकडभिट्टा विजयी
प्रतियोगिताको दोस्रो खेलमा बी एन्ड एस क्रिकेट क्लब काकडभिट्टाले बराहक्षेत्र क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दै जित हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काकडभिट्टाले १४ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो । समीर श्रेष्ठले ३२, आयुष न्यौपानेले २६ र देवेन्द्र महतले १७ रन बनाए ।
बराहक्षेत्रका लागि निक्कु मण्डलले ३ विकेट, अनिश श्रेष्ठ र आयुष राईले समान २–२ विकेट तथा अजय पौद्धार र उमेश चौधरीले समान १–१ विकेट लिए ।
१०८ रनको लक्ष्य पछ्याएको बराहक्षेत्रले निर्धारित २० ओभरमा ९६ रन मात्र बनाउन सक्यो । टोलीका लागि उमेश चौधरीले २२, आयुष राईले १८ र निक्कु मण्डलले १६ रन बनाए ।
काकडभिट्टाका लागि प्रेम सिंहले ३ विकेट, शिव राजवंशीले २ विकेट तथा आशिक रानामगर, आयुष न्यौपाने र प्रवेश कामतीले समान १–१ विकेट लिए ।
म्यान अफ द म्याच आयुष न्यौपाने घोषित भए । प्रतियोगीमा झापा मोरङ र सुनसरीका १६ क्रीकेट क्लबको सहभागीता रहेको छ ।