मोरङले १० औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण सहित २८ वटा पदक प्राप्त गरे - SportsNepal07

मोरङले १० औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण सहित २८ वटा पदक प्राप्त गरे

२० जेठ, कानेपोखरी । १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा मोरङ जिल्लाले २ स्वर्ण पदक सहित २८ वटा पदक प्राप्त गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित जनसेवा माविको प्राङ्गणमा जेठ १७ गते सम्पन्न खेलमा विभिन्न विद्यामा २८ पदक प्राप्त गरेको हो । प्रतियोगितामा २० तौल समूह देखि ८५ माथी तौल समूहका खेलाडी, सिङ्गल फाइट, ग्रुप फाइट र कलर बेल्टहरु बीच प्रतिस्पर्धा गरिएको थियो ।
खेलमा २० केजी भन्दा तल तौल समूहका स्वस्तिका घिमिरे र ८५ केजी तौल समूह भन्दा माथीका सनम तामाङले स्वर्ण पदक प्राप्त गरेका थिए ।

२० केजी भन्दा तल समूहका माही चौधरी रजत पदक, २१ देखि २५ तौल समूमा इसाक मगरले कास्य पदक, ३१ देखि ३५ तौल समूहमा प्रमिला भुजेलले कास्य पदक, ३६ देखि ४० तौल समूहमा स्मृति धिमाल रजत पदक, ४६ देखि ५० तौल समूकमा पूर्णिमा अधिकारी कास्य पदक, ५१ देखि ५५ तौल समूहका विसिका धिमाल रजत पदक, ५६ देखि ६० तौल समूहमा आशिष भुजेल कास्य र एलिना श्रेष्ठ रजत पदक, ६१ द्येखि ६६ तौल समूहमा रिया लिम्बू कास्य पदक हात पारेका थिए ।

त्यस्तै महिला ग्रुप प्याटन सिनियर तर्फ चेसुङ लिम्बू, नन्दिका धिमाल, विसिका धिमाल, पूर्णिमा अधिकारी र लुजिना श्रेष्ठले रजत पदक प्राप्त गरेका थिए । त्यस्तै महिलो जुतियर तर्फ रिया लिम्बु, प्रमिला भुजेल, हर्सिका कुमाल, सरु खाती, तिर्सना लिम्बूले कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै महिला सिंगल प्याटन ब्लु कलर बेल्टबाट प्रमिला भुजेलले कास्य पदक प्राप्त गरेकी छिन् । ब्लु कलर बेल्टबाट प्रशान्त कटेल र एन्जल पाण्डेले कास्य पदक प्राप्त गरेका थिए ।

पुरुष ग्रुप प्याटनमा सुर्या चौधरी, रोयल राई र मनिस कुमार फोम्बोले रजत पदक प्राप्त गरेको खेल संयोजक युवराज भुजेलले बताए ।
१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।

खेलको च्यामपियनसिप बाग्लुङ, भक्तपुर जिल्ला फस्ट रन अफ, रुपन्देही जिल्ला सेकेण्ड रन अफ त्यस्तै तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको थियो ।

कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलो पटक मोरङको कानेपोखरी गाउँपालिकामा १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो च्यामपियनसिप भएको हो । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि नेपाल चाङ हुन सिएच आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय अध्यक्ष बुशल बुढा मगर रहेका थिए ।

अतिथिहरु वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, मोरङ खेलकुद विकास समितिका सदस्य कुमार फुयल, ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापा, दही लामीचौरी सामुदायिक वन समूहका अध्यक्ष त्रिभूनाथ नेपाल रहेका थिए ।

कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष नितेन कुमार रौनियार, प्रथम थापा मगर, महासंघ केन्दी्रय सदस्य रगुन श्रेष्ठ अतिथि रहेका थिए । त्यस्तै सिएचआईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्षहरु जीवन रसाइली बाग्लुङ, सन्देश घर्ति मगर रोल्पा, विकेश श्रेष्ठ भक्तपुर, सनसिला पटेल कास्की, प्रविना पुन म्यादी, अमित थापा मगर पाल्पा, बोमबहादुर बुढा रुपन्देही र विद्यानन्द चौधरी मोरङबाट अतिथि रहेका थिए । त्यस्तै निसिखोला गाउँपालिका सिएच आईटिएफ प्रशिक्षक सुजन बुढा मगर र मुना रसाइली पनि अतिथि रहेका थिए ।

कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल होम थापा मगर, जेनिथ इङ्लिस स्कुलका प्रिन्सिपल खिलराज भट्टराई, सर्चलाईट इङ्लिस स्कुलका संस्थापक महेन्द्र बोहोरा, कानेपोखरी स्काउण्टका संयोजक होम न्यौपाने, माइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, स्थानीय समाजसेवी दानबहादुर बस्नेत, समजसेवी भूपाल खवास, समाजसेवी प्रकाश धिमाल लगाएत अतिथि रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष अशोक फुयलले गरेका थिए । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका सहसचिव राजकुमारी तामाङ र कोषाध्यक्ष अन्जुला श्रेष्ठले अतिथिहरुलाई व्याज वितरण गरेका थिए
कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव दिनेश सुब्बाले संचालन गरेका थिए ।

 

 

 

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.