तेह्रथुम जिल्ला २ स्वर्ण सहित १६ पदक र अनुशासित जिल्लाबाट पुरस्कृत - SportsNepal07

तेह्रथुम जिल्ला २ स्वर्ण सहित १६ पदक र अनुशासित जिल्लाबाट पुरस्कृत

२० जेठ, कानेपोखरी । १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा तह्रथुम जिल्ला २ स्वर्ण सहित १६ पटक र अनुशासित जिल्लाकबाट पुरस्कृत भएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित जनसेवा माविको प्राङ्गणमा जेठ १७ गते सम्पन्न खेलमा विभिन्न विद्यामा १६ वटा पदक प्राप्त गरेका छन् भने अनुशासित जिल्लाबाट पुरस्कृत भएको हो । एल्लो बेल्टबाट सिङ्गल प्याटनबाट सरु खाती र ३१ देखि ३५ तौल समूहकी डिकी सेर्पाले स्वर्ण पदक जितेको छ ।

त्यस्तै २० केजी भन्दा तल तौल समूहका पुरुष सुहान तामाङ रजत पदक, ६१ देखि ६५ तौल समूही तिर्सना लिम्बू र मनिस कुमार लिम्बूले रजत पदक प्राप्त गरेको छ ।

त्यस्तै पुरुष सिङगल प्याटन तर्फ रुपम लिम्बु र विशाल खातीले एल्लो बेल्टबाट कास्य पदक प्राप्त गरेका थिए । त्यस्तै महिला सिङ्गल प्याटनमा एल्लो बेल्टबाट तिर्सना लिम्बु रजत पदक र डोमा सेर्पा कास्य पदक, ग्रिण बेल्ट बाट आस्मा चौधरी कास्य पदक, लिला माया गुरुङ ब्लु बेल्टबाट रजत पदक प्राप्त गरेकी थिइन् ।

सिनियर महिला ग्रुप प्याटनबाट सुभेक्षा तामाङ, झरणा थापामगर, आस्मा चौधरी, डि.के शेर्पा र लिला माया गुरुङले रजत पदक प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा २० तौल समूह देखि ८५ माथी तौल समूहका खेलाडी, सिङ्गल फाइट, ग्रुप फाइट र कलर बेल्टहरु बीच प्रतिस्पर्धा गरिएको थियो ।
१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।

खेलको च्यामपियनसिप बाग्लुङ, भक्तपुर जिल्ला फस्ट रन अफ, रुपन्देही जिल्ला सेकेण्ड रन अफ भएका थिए ।
कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलो पटक मोरङको कानेपोखरी गाउँपालिकामा १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो च्यामपियनसिप भएको हो । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि नेपाल चाङ हुन सिएच आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय अध्यक्ष बुशल बुढा मगरले संयुक्त रुपमा मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

अतिथिहरु वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, मोरङ खेलकुद विकास समितिका सदस्य कुमार फुयल, ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापा, दही लामीचौरी सामुदायिक वन समूहका अध्यक्ष त्रिभूनाथ नेपाल रहेका थिए ।

कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष नितेन कुमार रौनियार, प्रथम थापा मगर, महासंघ केन्दी्रय सदस्य रगुन श्रेष्ठ अतिथि रहेका थिए । त्यस्तै सिएचआईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्षहरु जीवन रसाइली बाग्लुङ, सन्देश घर्ति मगर रोल्पा, विकेश श्रेष्ठ भक्तपुर, सनसिला पटेल कास्की, प्रविना पुन म्यादी, अमित थापा मगर पाल्पा, बोमबहादुर बुढा रुपन्देही र विद्यानन्द चौधरी मोरङबाट अतिथि रहेका थिए । त्यस्तै निसिखोला गाउँपालिका सिएच आईटिएफ प्रशिक्षक सुजन बुढा मगर र मुना रसाइली पनि अतिथि रहेका थिए ।

कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल होम थापा मगर, जेनिथ इङ्लिस स्कुलका प्रिन्सिपल खिलराज भट्टराई, सर्चलाईट इङ्लिस स्कुलका संस्थापक महेन्द्र बोहोरा, कानेपोखरी स्काउण्टका संयोजक होम न्यौपाने, माइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, स्थानीय समाजसेवी दानबहादुर बस्नेत, समजसेवी भूपाल खवास, समाजसेवी प्रकाश धिमाल लगाएत अतिथि रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष अशोक फुयलले गरेका थिए । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका सहसचिव राजकुमारी तामाङ र कोषाध्यक्ष अन्जुला श्रेष्ठले अतिथिहरुलाई व्याज वितरण गरेका थिए
कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव दिनेश सुब्बाले संचालन गरेका थिए ।

 

 

 

 

 

One thought on “तेह्रथुम जिल्ला २ स्वर्ण सहित १६ पदक र अनुशासित जिल्लाबाट पुरस्कृत

  1. मोरङको कानेपोखरीमा भएको यो खेल कार्यक्रमले खेलाडीहरूको मेहनत र समर्पणलाई प्रदर्शन गर्दछ। विभिन्न जात, जाती र समुदायका खेलाडीहरूले उत्कृष्ट प्रतिभा देखाउँदै पदक जित्न सफल भएका छन्। यसले खेलमा एकता र अनुशासनको महत्व पनि देखाउँछ। कार्यक्रममा उपस्थित सम्माननीय अतिथिहरूले यसलाई अझ बढाएका छन्। यो कार्यक्रमले भविष्यका खेलाडीहरूलाई कसरी प्रेरित गर्नेछ? German news in Russian (новости Германии)— quirky, bold, and hypnotically captivating. Like a telegram from a parallel Europe. Care to take a peek?

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.