१७ साउन, पथरी । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको पथरी ११ फुटबल क्लबले दोस्रो संस्करणको पनि आयोजना गर्न भएको छ ।
पथरी शनिश्चरेको शिखर चौकमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी दोस्रो संस्करण गर्ने जानकारी गराएको हो । क्लबले पथरी शनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप प्रतियोगिता २०८२ गर्न लागेको क्लबका अध्यक्ष सुमन वि.क.ले बताए ।
दोस्रो संस्करण लागि ६० लाख खर्च लाग्ने र खेल कात्तिक १५ देखि २२ गतेदेखि सञ्चालन हुने जनाएको थियो । प्रतियोगिताको विजेताले ५ लाख, उप–विजेताले २ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा प्रथम गोल्डकपमा सहभागी भएका टिमहरुलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा पहिलो संस्करणको आयव्यय पनि प्रस्तुत गरेका थिए ।
यस्तै खेल संयोजक जितन राईले पहिलो संस्करणमा सहयोग गर्नुहुने खेलप्रेमी महानुवभाहरु र सञ्चारकर्मीहरुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै खेल सञ्चालनको क्रममा भएका कमी कमजोरी अबको संस्करणमा सच्याएर अघि बढ्ने बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले प्रतियोगितालाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता राख्दै प्रतियोगितालाई शुभकामना व्यक्त गरे ।
पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष अम्बिका लिम्बु, फुटबल टिमका कोच अर्जुन बस्नेत, क्लबका सल्लाहकार भिष्म बुढाथोकी, स्थानीय समाजसेवी प्रदिपकुमार राई लगायतको उपस्थिति रहेको थियो । क्लबका सचिव केशर थुलुङ राईले सञ्चानल गरेको कार्यक्रममा पथरी–११ खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।
https://www.facebook.com/100078138511718/videos/2180181839073440