नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन - SportsNepal07

नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन

अस्ट्रिया । स्वास्थ्यका र भाइचारा लागि खेलकुद भन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि खेलाडी घाइते भएका कारण आयोजक क्लब उपविजेतामा सीमित हुन पुग्यो । एनईएससीले ३ खेल जित्दा फाइनलमा भने फिनल्याण्ड एचएससी क्लबसँग ३–० को हार व्यहोर्नु बाध्य भयो ।

एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसी जर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजित भएको एनईएससी दिलकुमार घमालले बताए ।

सन् २०२० मास्थापना भएको नेपाल युरोपियन स्पोट्र्स क्लबएनईएससीले पछिल्ला प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हातपारेको छ । सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लब अहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.