
२५ असोज, मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित हरकपुरमा दोश्रो संस्करण पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता भोलीबाट सुरुहुने भएको छ ।
नव प्रतिभा युवा क्लबको आयोजनामा हुने खेलको उद्घाटना खेलमा हिमालय युनाइटेड फुटबल क्लब र किराँत फुटबल क्लब बीच हुने आयोजक समितिका सचिव सुमन थोक्लेनले बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।
प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहने क्लबका अध्यक्ष जयराज लिम्बूले बताए ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष लिम्बूले सुनाए । हरेक दिनको खेलबाट म्यान अफ दि म्याच पनि छनोट गरि पुरस्कृत गरिने पनि उनले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमले ५ हजार रुपैयाँ इन्ट्री फि बुझाउनु पर्ने आयोजकले बताएको छ । खेल कानेपोखरी ३ स्थित हरकपुरको खेल मैदानमा हुनेछ । पहिलो चरणको खेल दिनको ठिक २ बजे र दोश्रो चरणको खेल ३ बजेबाट सुरु चल्नेछ ।
प्रतियोगिता असोज २६ आइतबारदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ । क्लबले स्थानीय युवा र खेल प्रेमीहरूलाई सहभागी भई खेलकुदको माध्यमबाट मित्रता र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न आग्रह गरेको छ । यसपटकको प्रतियोगितामा सम्पूर्ण खेल आधिकारिक रेफ्री र लाइन्समेनहरूबाट खेलाइने पनि आयोजकले बताएको छ ।




