प्लानिङ ब्वाईज युनाईटेड बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश - SportsNepal07

प्लानिङ ब्वाईज युनाईटेड बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

२८ असोज, मोरङ । प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि.रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएको क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब, धनकुटालाई ० को विरुद्ध १ गोल अन्तरले प्लानिङ विजयी भएको हो ।

मध्यान्तर अघिको थप गरिएको २ मिनेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै निर्णायक गोल रह्यो ।

मध्यान्तर अघिको प्रतिस्पर्धात्मक खेलमा राजारानी फुटबल क्लबका जर्सी नम्बर ११ का प्रदिप लामा, जर्सि नम्बर ९ प्रशान्त लक्सम, जर्सि नम्बर ८ का विशाल घलान र प्लानिङ ब्वाईजका तर्फबाट जर्सि नम्बर ३ का रुजन न्यौपानेले पहिले कार्ड पाए ।

आजको विजेता टोलिले सेमिफाईनलमा आयोजक एल.एक्स. सिटि फुटबल क्लबसँग असोज ३० गते प्रतिस्पर्धा गर्नेछ ।

खेलको म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगर घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।

आजको खेलमा संविधानसभा सदस्य माननीय मधु गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । भोलीको खेल चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुर र सहलेश युथ क्लब, सिरहा बिच हुनेछ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.