कानेपोखरीमा प्रथम पच्चिस विघे कप आजबाट सुरु हुर्दै - SportsNepal07

कानेपोखरीमा प्रथम पच्चिस विघे कप आजबाट सुरु हुर्दै

२९ असोज, मोरङ । कानेपोखरी– ७ स्थित पच्चिस विघेमा “प्रथम पच्चीस बिघे कप–२०८२” प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

नव स्पोर्टिङ्ग युथ क्लबको आयोजनामा पच्चिस विघेको खेल मैदानमा आज बुधबारदेखि हुन लागेको हो । खेल कार्तिक ५ गते समापन हुनेछ ।

आजको पहिलो उद्घाटन खेल यलम्बर एफसी पथरी र सिसौली एफसी उर्लाबारी बीच खेल हुने आयोजनक क्लबका अध्यक्ष ज्ञानेन्द्र सम्वाहम्फेले बताए ।

प्रतियोगितामा यलम्बर एफसी पथरी, सिसौली एफसी उर्लाबारी, एलाई स्पोर्टस नेपाल केराबारी, द वोइज क्लब नेपाल लेटाङ, फलबारी एफसी पथरी, ब्रोदर एफसी मिक्लाजुङ, बेलबारी एफसी बेलबारी र आयोजक नव स्पोर्टिङ्ग युथ क्लब गरी जम्मा ८ वटा टिमले खेलमा सहभागि हुने क्लबका कोषाध्यक्ष गोविन्द दाहालले बताए ।

खेल ९ साइजको हुने र खेलमा प्रवेश शुल्क ५ हजार रहेको छ । खेल २ बजे सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र दोश्रो पुरस्कार २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार प्रदान गरिने भएको छ । आज कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले खेल उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.