काठमाण्डौको प्लानिङ ब्वाईज बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको फाइनलमा प्रवेश - SportsNepal07

काठमाण्डौको प्लानिङ ब्वाईज बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको फाइनलमा प्रवेश

३० असोज, मोरङ । काठमाण्डौको प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि.रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी गोल्डकपको बिहिबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक एल.एक्स.सिटि फुटबल क्लबलाई शून्यको बिरुद्ध ३ गोल अन्तरले प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डौ जित हासिल गर्याे ।

खेलको ४ मिनेटमा प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डौले अग्रता लियो । प्लानिङका जर्सि नम्बर १८ का चन्दन दासले ११ नम्बर जर्सिका सविन लुङ्गेली मगरको पासमा गोल गरे । गोल भएको ३ मिनेटमा आयोजक एल.एक्स. सिटिका जर्सि नम्बर १४ का विजय उरावको ससक्त प्रहार गोपकिपर योगेश धिमालले मुस्किलले बचाए ।त्यसैगरी आयोजक एल. एक्स. सिटीका जर्सी नम्बर ९ का उज्वल राईले पाएको वान भर्सेज वानको गोल गर्ने अवसर गुमाएका थिए । उनले प्रहार गरेको गोल पोलको बारबाट बाहिर गएको थियो । मध्यान्तर अघिको खेल प्लानिङ ब्वाईजले आयोजक टिमलाई दबाबमा राखेका थिए ।

मध्यान्तर पछिको ३२ ओै मिनेटमा आयोजकका गोलकिपरको हातबाट फुस्केको बलको फाईदा लिदै प्लानिङका जर्सि नम्बर ७ का प्रतापसिङ राईले शून्यका बिरुद्ध २ गोलले अग्रता दिलाए । त्यस्तै खेलको ३४ मिनेटमा प्लानिङका जर्सि नम्बर १० का रोम भुजेलले मध्य भागबाट एक्लै छक्याउदै पोष्टमा गरेको प्रहार गोलमा परिणत भयो ।

मध्यान्तर पछि आयोजकले आक्रमक खेल प्रस्तुत गरे पनि कुनै गोल गर्न सकेन । अघिल्लो पटक नै पहेलो कार्ड पाएका प्लानिङका कप्तान जर्सि नम्बर २० का गौरव श्रेष्ठले एल एक्सका खेलाडीलाई पछाडीबाट लडाएपछि रातो कार्ड पाएका थिए ।

आजको विजेता टोलिले फाईनलमा भोलि हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग कार्तिक १ गते प्रतिस्पर्धा गर्नेछ । आज भएको खेलको म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ३ का रोमन भुजेल घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।

आजको खेलमा प्याबसन मोरङका अध्यक्ष जगत बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । भोलीको दोस्रो सेमिफाईनल खेल सहलेश युथ क्लब, सिराह र भोजपुर फुटबल संघ, भोजपुर बिच हुनेछ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.