५ कार्तिक, कात्र्तिक । कानेपोखरी–७ मा जारी प्रथम पच्चीस विघे कपको आज हुने फाइनलमा द ब्वाइज क्लब, लेटाङ र बेलचौरी एफसी, बेलबारी बीच भिड्ने भएको छ ।
नव स्पोर्टिङ युथ क्लबद्वारा आयोजित प्रतियोगिताबाट मंगलबार भएको सेमिफाइनल खेलमा फुलबारी एफसी, पथरीलाई ्१–२ गोल अन्तरले हराउँदै बेलचौरी एफसी फाइनल पुगेको थियो । बेलचौरीका लागि मिङ्सो लिम्बूले २ गोल गरेका थिए भने फुलबारी एफसीबाट आयुष माझीले १ गोल फर्काएका थिए । खेलमा मिङ्सो लिम्बूले म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले पुरस्कार ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने उपविजेताले पुरस्कार २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने क्लबका कोषाध्यक्ष गोविन्द दाहालले बताए ।



