१५ कात्र्तिक, मोरङ । पथरी शनिश्चरे नगरमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा सलहेश युवा क्लब सिरहा विजयी हुर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै सलहेशले जीत निकालेको हो ।
पथरी ११ फुटबल क्लबको आयोजनामा पथरी जाँतेमोडस्थित पथरी रंगशालामा भएको प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्बापोले गरेका थिए । उद्घाटन खेलको ओैपचारिक समारोहका सभापति क्लबका अध्यक्ष सुमन विकले गरेका थिए ।
खेलको सुरुवाती ७ औं मिनेटमै सलहेशका आदित्य शाक्यले विपक्षीको रक्षापंक्तिलाई छल्दै पहिलो गोल गरे । सलहेशका रिचार्ड विल्सन र सुजल डंगोलले खेलको क्रमशः २४ औं र २८ औं मिनेटमा गोल गर्दै टोलिलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा ५९ औं मिनेटमा सलहेशका रिचार्ड विल्सनले पुन १ गोल गर्दै खेललाई ४–० पु¥याए । त्यसपछि ६२ औं मिनेटमा कञ्चनजंघाका प्रनिस प्रधानले टोलिको लागि पहिलो गोल गर्दै खाता खोलेका थिए । खेलको अतिरिक्त ३ मिनेटको सुरुवातमै विल्सनले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै सलहेशलाई ५–१ को फराकिलो जित दिलाए ।
खेलको म्यान अफ द म्याच सलहेशका रिचार्ड विल्सन घोषित भए । विल्सनलाई नगद ५ हजार र ट्रफीले सम्मान गरियो । भोलि आइतबारको खेल आयोजक पथरी ११ फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका उत्कृष्ट राष्ट्रिय र स्थानीय क्लबहरू यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी, र उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको रूपमा सम्मान गरिने र विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने जानकारी अध्यक्ष विकले दिए ।
तेस्रो दिन अर्थात् कार्तिक १७ गते संकटा फुटबल क्लब र पाँचथर फुटबल क्लब, चौथो दिन कार्तिक १८ गते एनआरटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धात्मक खेलहरू हुनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक ईन्ट्रा फाउण्डेशन अफ अमेरिका रहेकोछ भने सह प्रायोजक पथरी शनिश्चरे नगरपालिका रहेको पनि जनाए ।



