बेलबारी गोल्डकपको फाईनलमा सहलेस र प्लानिङ व्वाईज भिड्ने - SportsNepal07

बेलबारी गोल्डकपको फाईनलमा सहलेस र प्लानिङ व्वाईज भिड्ने

३१ असोज, मोरङ । अतिरिक्त समयको अन्त्यमा भोजपुर फुटबल सङ्घलाई गोल गर्दै सहलेश फुटबल क्लब सिराहा बेलबारी आरजु राईस मेजर स्वर्गिय एन.बि.रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी गोल्डकपको शुक्रबार भएको दोश्रो सेमिफाईनल खेलमा भोजपुरलाई को शुन्यको बिरुद्ध एक गोल अन्तरले सहलेश बिजयी भएको हो ।

झापा एफसीलाई ट्राईब्रेकरमा पराजित गरेर सेमिफाइनल पुगेको भोजपुरले सहलेश फुटबल क्लब सिराहा सङ्ग रक्षात्मक खेलको रणनीति अपनाएका थिए । खेलको पहिलो मध्यान्तरमा सहलेशले दवावमा राखेता पनि कुनै गोल गर्न सकेन । पहिलो मध्यान्तरको ३२ औ मिनेटमा जर्सी नम्बरका ७ का खेलाडी समीर तामाङलाई लडाएपछी पहेलो कार्ड पाई सकेका भोजपुरका खेलाडी जर्सी नम्बर १८ का योगेन कार्कीले दोश्रो मध्यान्तरको १३ औ मिनेटमा रातो कार्ड पाएका थिए । सहलेसका १३ नम्बर खेलाडी जनम धामीलाई लडाएपछी दोश्रो पटक पहेलो कार्ड पाएका थिए । दस जना खेलाडीमा सिमित भोजपुरले थप रक्षात्मक खेलेर ट्राईब्रेकरमा जाने रणनीति अपनाएका थिए ।

दस खेलाडीमा सिमित भोजपुरलाई सहलेशले पुरै दवावमा राखेको थियो । दोश्रो मध्यान्तरको २६ औ मिनेटमा डिबक्समा भोजपुरका किपर लडेको मौकामा सहलेशले गोल गर्ने मौका चुकाएका थिए ।

खेलको अतिरिक्त समयको अन्तिम समयमा भोजपुरका खेलाडीले कर्नरमा बललाई होल्ड गरेपछि सहलेशले प्रहार गर्दा टच भएर कर्नर भएको थियो । सोही कर्नरको मौकाको फाईदा उठाउदै सहलेशका जर्सी नम्बर ११ का सुजन डङ्गोलको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच भोजपुरका जर्सी नम्बर ३ का बिबेक राई घोषित भएका थिए ।आजको विजेता टोलि सहलेशले भोलि शनिबार फाईनल प्लानिङ ब्वाईज उनाईटेड काठमाण्डौ सङ्ग भिड्ने छ ।

आजको खेलमा बिराटनगर महानगर पालिकाका मेयर नागेश कोईरालाले पुरस्कार वितरण गरेका थिए ।

बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयो ।

४ केजि चादि र अढाई तोला सुन जडित ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी.राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.