पच्चिस विघे फुटबल खेलः द ब्वाइज क्लब लेटाङ सेमिफाइनलमा प्रवेश - SportsNepal07

पच्चिस विघे फुटबल खेलः द ब्वाइज क्लब लेटाङ सेमिफाइनलमा प्रवेश

सनम रोक्का

३१ असोज, मोरङ । कानेपोखरी–७ स्थित पच्चिस विघेमा जारी प्रथम पच्चीस विघे कपको तेश्रो दिनको खेलमा द ब्वाइज क्लब, लेटाङ विजयी भएको छ ।

शुक्रबार भएको खेलमा इलाईट स्पोट्र्स नेपाल, केराबारीलाई १–० गोल अन्तरले हराउँदै द ब्वाइज क्लब, लेटाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा द ब्वाइज क्लब, लेटाङका लागि आशिष माझीले निर्णायक गोल गरे । निर्धारित समयमा दुवै टिमबाट राम्रा प्रयासहरु भएपनि अन्य गोल भने हुन सकेन । अन्ततः माझिले गरेको गोलनै निर्णायक बन्दै लेटाङले जित निकाल्यो ।

खेलको म्यान अफ दि म्याच का द ब्वाइज क्लब, लेटाङका रोहित राई घोषित भए ।

प्रतियोगितामा यलम्बर एफसी पथरी, सिसौली एफसी उर्लाबारी, एलाई स्पोर्टस नेपाल केराबारी, द वोइज क्लब नेपाल लेटाङ, फुलबारी एफसी पथरी, ब्रोदर एफसी मिक्लाजुङ, बेलबारी एफसी बेलबारी र आयोजक नव स्पोर्टिङ्ग युथ क्लब गरी जम्मा ८ वटा टिमले खेलमा सहभागि हुने क्लबका कोषाध्यक्ष गोविन्द दाहालले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र दोश्रो पुरस्कार २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए ।

भोलीको चौथो खेल आयोजक नव स्पोर्टिङ्ग युथ क्लब र बेलचौरी एफसीका बीच खेल हुने आयोजनकले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.