आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी - SportsNepal07

आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

२७ असोज, मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि.रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आजदेखि सुरु भएको छ ।

आइतबार भएको उद्घाटन खेलमा आयोजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतको लिजेण्डस् फुटबल एकेडेमीलाई ० को विरुद्ध २ गोल अन्तरले विजयी सुरुवात गरेको हो ।

खेलको १७ ओै मिनेटमा जर्सि नम्बर ११ का सनम धिमालले मौसम सुब्बाको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २२ ओै मिनेटमा सनम धिमालको पासलाई सदुपयोग गर्दै डिएरिया बाहिरबाट प्रहार गरि जर्सि नम्बर ६ का विवेक पौडेलले गोल गर्दै २–० गोल अन्तर पुर्याएका थिए । खेल अवधी भरमा दुवै पक्षले २ वटा कर्नर किकको अवसर पाएका थिए भने आयोजक क्लबमा जर्सि नम्बर ५ का सन्जय श्रेष्ठ र भारतका जर्सि नम्बर १० का फोफानाले पहेलो कार्ड पाएका थिए ।

खेलको म्यान अफ द म्याच आयोजक टिमका जर्सि नम्बर ६ का विवेक पौडेल घोषित भए ।  प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले गर्नु भएको थियो ।

स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडेमी रहेको आयोजक समितिले जनाएको छ ।

आजको खेल भोजपुर फुटबल क्लब र झापा ११ फुटबल क्लब, बिर्तामोड बिच हुनेछ ।

बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै सर्वउत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ,

उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याच खेलाडिलाई ७ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोेजक समितिका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिनुभयो ।

३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी. राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.