हरकपुर फटबल खेलः फाईनलमा कानेपोखरी र जुरा भिड्र्दै - SportsNepal07

हरकपुर फटबल खेलः फाईनलमा कानेपोखरी र जुरा भिड्र्दै

सनम रोक्का

३१ असोज, मोरङ । कानेपोखरी– ३ हरकपुरमा जारी नव प्रतिभा युवा क्लबद्वारा आयोजित दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगितामा जुरा फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा शिवालय एफसीलाई हराउँदै जुरा एफसी फाइनलमा प्रवेश गरेको हो ।

खेलमा शिवालय एफसी कानेपोखरीलाई टाइब्रेकरमा ४ गोलको विरुद्ध ५ गोल अन्तरले पछि पार्दै जुरा एफसी, बेलबारी फाइनलमा पुगेको छ ।

प्रतिस्पर्धात्मक खेलमा शिवालयका लागि पहिलो गोल सनम भुजेलले गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थियो । सो अग्रतालाई पछ्याउँदै जुरा एफसीका लागि बिक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको अन्य समय दुवै टिमबाट राम्रा प्रयासहरु भएपनि गोलले भने जाली चुम्न सकेन । र, खेलको अन्तिम निर्णय टाइब्रेकर मार्फत लिइएको थियो ।खेलको म्यान अफ दि म्यान जुरा एफसीका गोलरक्षक सन्तोष महत घोषित भए । उनले पुरस्कार स्वरुप ५५० प्राप्त गरेका थिए ।

फाइनल खेल कार्तिक २ गते कानेपोखरी एफसी, कानेपोखरी र जुरा एफसी, बेलबारी बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।

खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए ।

प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.