
१ कात्र्तिक, मोरङ । आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधी काठमाण्डौले हात पारेको छ ।
मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा सम्पन्न गोल्डकपको शनिबार भएको फाईनल खेलमा सहलेश युथ क्लब, सिराहलाई बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डौले १–२ गोल अन्तरले विजयी भयो ।
खेलको ५ मिनेटमा प्लानिङ ब्वाईजका जर्सि नम्बर ९ का सुजन मगरले वान भर्सेज वानमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ईन्जुरि समयमा सहलेशका जर्सि नम्बर ५ का कुलदिप कार्किले डिबक्स नजिकबाट गरेको शसक्त प्रहार बारमा लागेर फर्किएको थियो ।
मध्यान्न पछिको २ मिनेटमा गोल गर्दै सहलेश बराबरीमा फर्कियो । सहलेशका जर्सि नम्बर ७ का समीर तामाङले जर्सि नम्बर १० का मिलन राईको पासमा गोल गरेका थिए । खेलको १० ओै मिनेटमा प्लानिङका जर्सि नम्बर १८ का चन्दन दासले गोलपोष्ट नजिकबाट प्रहार गरेको बल पोलमा लागेर रिवाउण्ड भयो । त्यस्तै प्लानिङका जर्सि नम्बर ९ का सुजन मगरले ओै २० मिनेटमा थप गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको ३१ ओै मिनेटमा सहलेशका जर्सि नम्बर ३ का दिपेश धिमालले डिबक्स नजिक फल गरेपछि रातो कार्ड प्राप्त गरे ।
सहलेश युथ क्लब, सिराहले भोजपुर फुटबल संघ, भोजपुरलाई हराउदै फाईनल प्रवेश गरेको थियो भने बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डौले आयोजक एल.एक्स. सिटि फुटबल क्लब, लक्ष्मीमार्गलाई स्तब्ध बनाउदै फाईनल प्रवेश गरेको हो ।
आजको खेलमा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यता रहेको थियो । बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोली प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डौले नगद आठ लाख र उपविजेता टोली सहलेश युथ क्लब, सिराहाले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्याे ।
त्यस्तै खेलको सर्वउत्कृष्ट खेलाडी प्लानिङका जर्सि नम्बर ७ का प्रताप सिङ राई घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोल किपर प्लानिङ ब्वाईजका योगेश धिमाल, उत्कृष्ट कोच प्लानिङका सचिन्द्र धिमाल, सर्वाधिक गोलकर्ता समान २ गोल गरेका प्लानिङका सुजन मगर र सहलेशका आशिष शाक्य., वेष्ट डिफेण्डर प्लानिङका जर्सि नम्बर १५ का मिङ्मा घिसिङ र वेष्ट मिडफिल्डर प्लानिङका जर्सि नम्बर १० का रमन भुजेल घोषित भए । उनिहरुले समान ११ हजार रुपैयाँ प्राप्त गरे ।
आज भएको खेलको प्लेयर अफ द म्याच सहलेशका जर्सि नम्बर ७ का समीर तामाङ घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी. राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।



